
घरेलु कार्यालयद्वारा युवाहरुलाई एक महिने प्लम्बर तालिम
दरौंदी समाचारदाता
घरेलु तथा साना उद्योग कार्यालय गोरखाले गोरखा नगरपालिका वडा नम्बर ११ का युवाहरुलाई प्लम्बर तालिम दिएको छ । सोमवारदेखि सुरु भएको तालिमा कोभिड १९ पछि बेरोजगार रहेका १५ जना युवाहरु सहभागी रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलले बताए ।
युवाहरुलाई स्थानीय स्तरमै रोजगारी दिन एक महिने प्लम्बर तालिम संचालन गरिएको कार्यालय प्रमुख पौडेलले बताए । वडा अध्यक्ष रामबहादुर खड्काको प्रमुख आथित्यतामा तालिम उद्घाटन कार्यक्रम भएको थियो । घरेलु कार्यालयले जिल्लाका बिभिन्न स्थानीय तहमा सिपमुलक तालिम संचालन गर्दै आएको छ ।




