| आइतवार, कार्तिक २२, २०८३

भागिरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै नेविसंघ गोरखाद्धारा मैन बालेर जुलुस

नेपाल विद्यार्थी संघ गोरखाले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागिरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै गोरखा सदरमुकाममा मैन बालेर जुलुस निकालेको छ ।

बसपार्कदेखि हरमटारी चोक सम्म हातमा मैनबत्ती बालेर हत्यारालाई खोज्न सरकारलाई दबाव दिईएको नेविसंघका अध्यक्ष सुवास अधिकारीले बताए ।

निर्मला पन्तको बलात्कार पछि हत्या, त्यसपछि पनि पटक पटक बलात्कार, हत्या हिंसा भएको, सरकारले त्यस्ता घटनालाई बेवास्था गर्दा फेरी पनि भागिरथीको हत्या भएको भन्दै नेविसंघका अध्यक्ष सुवास अधिकारीले छानबिन गरी दोषि माथि तत्काल कारवाही गर्न माग गरे।

माघ २१ गते विद्यालय गएकी भट्टको २२ गते क्षेतविच्छेद अवस्थामा शव भेटिएको थियो । उक्त घटनाको शवत्र बिरोध भईरहेको छ । प्रहरीले भने घटना छानबिन भईरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्