| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आन्तरिक पर्यटन पुनउत्थान समिति गठन

गोरखा सदरमुकाममा शनिवार भएको भेलाले साने गुरुङ संयोजक तथा राम बहादुर गुरुङ सहसंयोजक रहने गरी ११ सदस्यीय आन्तरिक पर्यटन पुनउत्थान समिति गठन गरेको छ ।
समितिको अजिरकोट गाउँपालिकाका धन बहादुर गुरुङ, बारपाक सुलिकोटका खेमराज घले, चुमनुब्री गाउँपालिकाका बल बहादुर गुरुङ र आरुघाट गाउँपालिकाका टिकाराम आले मगर चयन भएका छन् ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाका ठाकुर भट्ट, शहिद लखन गाउँपालिकाका कृष्णबाबु श्रेष्ठ, धार्चे गाउँपालिकाका गणेश बहादु गुरुङ र गोरखा नगरपालिकाका हरी बहादुर गान्धारी चयन भएको समितिका संयोजक साने गुरुङले बताए ।
गण्डकी र सिरानचोक गाउँपालिकाबाट उपस्थिीती नभएकाले उनीहरुलाई पछि मनोनित गरिने उनले बताए । यस्तै समितिका सल्लाहकारहरुमा जिल्ला समन्वय समितिका प्रवक्ता मान प्रसाद धिताल, पर्यटन व्यवसायी सुनार बहादुर गुरुङ, चलचित्रकर्मी वीरबल घले, होटल व्यवसायी कृष्ण प्रसाद लामिछाने र नागरिक समाज तर्पmबाट यदु प्रसाद अधिकारी रहेका छन् ।
पर्यटन क्षेत्रमा पूर्वाधारको विकास र लोपन्मुख हुदै गएका मौलिक सस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ समिति गठन गरिएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्