
पहिलो चरणमा गोरखामा एक हजार पाँच सय ५९ डोज कोरोना खोप लगाईयो
पहिलो चरणमा गोरखामा प्राप्त भएको दुई हजार १० डोज खोप मध्ये एक हजार पाँच सय ५९ डोज खोप मात्र लगाइएको छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमशेविका र सरसफाईकर्मीलाई खोप लगाइएको हो ।
दोस्रो चरणमा खोप लगाउनेहरुको तथ्याङ्क संकलन सुरु भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत ऋषिराम खत्रीले बताए ।
‘हामीलाई दोस्रो चरणको खोप लगाउने पनि निर्देशन आएको छ’ उनले भने ‘प्रशासन, प्रहरी, शसस्त्र, मालपोत, नापी, कृषि, भेटनरी, बैंक लगायत जनतासँग प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीलाई खोप लगाउने योजना छ ।’




