
अनेमसंघ गोरखाद्धारा संसद बिघटनको बिरोधमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
अखिल नेपाल महिला संघ गोरखाले संसद बिघटन संविधान बिपरित भएको भन्दै बिरोध जनाएको छ ।
संसद पुनस्थापनाको माग राख्दै अनेमसंघ गोरखाले आईतवार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाएको हो ।
पौष ५ गते संसद बिघटन गर्ने प्रधानमन्त्रीको असंवैधानीक कदमपछि देश अस्थितर र मुटभेडतिर गएको अनेमसंघ संघर्ष समिति गोरखाका शोभा लामिछानेद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।
साथै माघ २२ गते बैतडी जिल्लाको दोगडा गाउँपालिका ७ कि १७ वर्षिय भुमिका भट्ट २१ गते विद्यालय गएको तर २२ गते बालिकाको शव भेटिनु हत्या भएकाले उक्त घटनाको तुरुन्त छानबिन गर्न समेत संघले माग गरेको छ ।




