| सोमवार, कार्तिक २३, २०८३

दारी ग्याङ गोरखाको संयोजकमा पुनः न्यौपाने

दारी ग्याङ्ग गोरखाको संयोजकमा राजेन्द्र प्रसाद न्यौपाने पुन सर्वसम्मतले चयन भएका छन् । ग्याङ्गको पहिलो साधारण सभाले न्यौपानेलाई अध्यक्षमा चयन गरेको समितिका सदस्य सुवास अधिकारीले बताए ।
ग्याङ्गका सह–संयोजकमा निमार्ण घिमिरेलाई चयन गरिएको छ । साधारण सभाले ११ जनाको समिति गठन गरेको छ । साधारण सभाले पाँच जना सदस्यलाई विभागिय प्रमुखमा समेत चयन गरेको सदस्य अधिकारीले बताए । कार्यक्रममा आर्थिक विभाग प्रमुख रविन श्रेष्ठले आथिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्