
उत्तरी गोरखामा शुक्रवारदेखि हिमपात
उत्तरी गोरखामा शुक्रवारदेखि हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, ल्हो लगायत तिब्बत सँग सिमाना जोडिएका हिमाली क्षेत्रमा हिमपात भएको स्थानियहरुले बताएका छन् ।
हिमपात पछि जनजिवन कष्टकर भएको छ । हिउँ परे सँगै बालबच्चा, वृद्धवृद्धालाई चिसोले सास्ती थपिएको छ । हिउँले बालीनालीमा फाईदा पुग्ने भन्दै किसान खुसी भएका छन् । हिउँ परे सँगै उत्तरी क्षेत्रको खर्कमा राखिएका पशु चौपायालाई पनि तल्लो सुरक्षित क्षेत्रमा झारिएको स्थानियले बताएका छन् । चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, धार्चेको लाप्राक लगायत ठाउँमा हिमपात भएको छ ।
उत्तरी गोरखामा हिमपात भएसँगै तल्लो भेगमा जाडो बढेको छ । अन्य दिनको तुलनामा शुक्रवार घाम लागेन । शनिवार पनि सर्वसाधारणले चिसो महशुस गरेका छन् ।




