
तिब्र गतिका कारण गोरखाको हरमटारीमा दुईवटा मोटरसाईकल दुर्घटना, तीन जना गम्भिर घाईते
तिब्र गतिका कारण शुक्रवार राती गोरखा सदरमुकामको हरमटारी चोकमा दुईवटा मोटरसाईकल दुर्घटना भएको छ । प्रदेश ३ –०२– ००४ प १७१० नम्बरको मोटरसाईकल बा ९५ प २२४९ नम्बरको पल्सर मोटरसाईकल शक्तिचोकबाट हरमटारी तर्फ आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गोरखा नगरपालिका ६ हरमटारीका आचिन रोका र सँगै पछाडी बस्ने गोनपा ७ बतासे बस्ने ३७ वर्षका हर्क बसेल र दोलखा तामाकोसी गाउँपालिका ४ घर भई नापी कार्यालय गोरखामा कार्यरत अमिन विबेक भुषण दाहाल घाईते भएका छन् ।
उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ । गोरखा अस्पतालमा समान्य उपचार पछि चितवन रिफर गरिएको ट्राफिक प्रमुख मित्रलाल ढकालले बताए । तिब्रगतिका कारण ठोक्किएको मोटरसाईकल अनियन्त्रित भई सय मिटर पर पुगेको थियो ।




