| आइतवार, कार्तिक २२, २०८३

शहीदलखन गाउँपालिकाद्वारा सेटिङमा नौवटा ठेक्का, कमिसनको लोभमा निर्णय लत्याउँदै

शहीदलखन गाउँपालिकाले ठेकेदारसँगको मिलेमतोमा बिनाप्रतिष्पर्धा नौवटा ठेक्का दिने अन्तिम तयारी गरेको छ ।
२० लाख रुपैयाँ मुनिका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चारवटा ठेक्का सो गाउँपालिकाले बिना प्रतिस्पर्धा टेण्डर दाखिला गर्न लागेको हो ।
यसअघि १० लाख रुपैयाँको बिकास निर्माणका कामको पनि ‘ईलेक्ट्रोनिक विडिङ सिस्टम’ (इविडिङ) गरेको शहिदलखन गाउँपालिकाले अहिले ४३ लाख रुपैयाँ रुपैयाँसम्मको ठेक्का पनि बिना इविडिङ ब्यवशायीलाई दिने अन्तिम तयारी गरेको छ ।
गोरखाका अन्य स्थानीय तहभन्दा अगाडि आर्थिक वर्ष २०७४\७५ मा पहिलो पटक इविडिङ मार्फत टेण्डर आह्वान गरेको शहिदलखन गाउँपालिकाले अहिले कमिसनको लोभमा इविडिङ नगरेको विषय ब्यवशायी बीच नै बिवादित छ ।
ईविडिङ भएर अनलाईन मार्फत ठेक्का दाखिला गर्न, फर्म खदिर गर्न पाएको भए ब्यवशायीले जहाँबाट पनि टेण्डर दाखिला गर्न मिल्थ्यो । उक्त प्रावधान हटाएर गाउँपालिकाको कार्यालयमै पुगेर टेण्डर फर्म खरिद गर्नुपर्ने र दाखिला गर्न पनि गाउँपालिकामै ब्यवशायी जानुपर्ने प्रवाधानमा टेण्डर खुल्ला ग¥यो । जसका कारण ब्यवशायीको सिन्डिकेट र मिलेमतोलाई गाउँपालिकाको निर्णय प्रसय गरेको देखिन्छ । ‘यस वर्ष १० लाख रुपैयाँ माथिका योजना टेण्डर गर्ने निर्णय गाउँपालिकाले गरेको हो’ प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आले मगरले भने ‘यस अघि हामीले ईविडिङ गरेका थियौँ, यो पटक गरेनौँ ।’
इविडिङ किन गर्नुभएन ? भन्ने प्रश्नमा उनले स–साना ब्यवशायीलाई उक्त प्रक्रियामा जाँदा समस्या हुने, कतिपय बेला ठेक्का नलाग्ने भएकाले अनलाईन प्रणाली मार्फत टेण्डर नगरेको प्रतिक्रिया दिए । तर यो गाउँ सभाले गरेको निर्णय बिपरित हो । कमिसनको लोभमा कर्मचारीले गाउँ सभाको निर्णय लत्याउँदै टेण्डर मिलाउन खोजेपछि चौतर्फी आलोचना भएको छ ।
पुस ९ गते ठेक्का आह्वान गरेको गाउँपालिकाको ठेक्का नम्बर ९ देखि १३ सम्मको पाँच वटा प्याकेज करिब १३÷१३ लाख रुपैयाँको छ । नौ नम्बर प्याकेजको १९ वटा, १० को २० वटा, ११ को १९, १२ को २० र १३ नम्बर प्याकेजको १९ वटा टेण्डर फर्म बिक्री भएको शहिदलखन गाउँपालिका योजना शाखाका नायब शुब्बा सानुकाजी बस्नेतले बताए । ‘यी सबै प्याकेजमा तीन÷तीनवटा फर्म मात्रै दाखिला भएको छ’ उनले भने । टेण्डर फर्म खरिद गरेका ब्यवशायी बिच लेनदेन भएपछि प्रक्रिया पुरा गर्न तीनवटा फर्म दाखिला गरिएको छ ।
२१ लाख रुपैयाँ ५५ हजारको ठेक्का नम्बर १४ को प्याकेजको १७ वटा टेण्डर फर्म बिक्री भएको छ । २५ लाख रुपैयाँ ८५ हजारको १५ नम्बर प्याकेजको १७ वटा बिक्री भएको नायब सुब्बा बस्नेतले बताए । ठेक्का नम्बर १६ को ४३ लाख रुपैयाँ १० हजारको प्याकेजको १६ र ठेक्का नम्बर १७ को २१ लाख रुपैयाँ ८८ हजार प्याकेजको १५ वटा फर्म बिक्री भएको गाउँपालिकाले जनाएको छ । यी चारवटा प्याकेजमा एक÷एक जना ब्यवशायीले मात्रै अन्तिम ठेक्का दाखिला गरेका छन् । क्रमस गोरखकाली ब्रर्दस कन्ट्रक्सन, बस्चुल निर्माण सेवा, कल्याण निर्माण सेवा एण्ड सप्लायर्स र कृतिका निर्माण सेवाले १४ देखि १७ नम्बरको प्याकेजमा एकलौटी फर्म दाखिला गरेका छन् । ‘हामी दाखिला भएको फर्मको मूल्याङ्क गर्दै छौँ’ प्रमुख प्रशासकिय अधिकृत आले मगरले भने ।
बिक्री भएका फर्म मध्ये एक÷एक वटा मात्रै दाखिला भएपछि ति फर्मले काम पाउने पक्का देखिन्छ । काम पाउने पक्का भएका फर्मले टेण्डर दाखिला गर्ने दिन यस अघि फर्म खरिद गरेको ब्यवशायीलाई गाउँपालिका नजिकै बसेर २५ हजार देखि एक लाख रुपैयाँ सम्म बाँडेको एक स्थानीयले बताए । फर्म खरिद गरेकालाई एकै ठाउँमा जम्मा गर्ने, आर्थिक लेनदेनमा मिल्ने मिलाउने कामको नेतृत्वमा निर्माण ब्यवशायीले गर्ने गर्छन । ‘टेण्डर प्रतिसप्रर्धामा जाँदा ५० प्रतिशत सम्म कम दररेटमा राख्छन्’ एक ब्यवशायीले भने ‘मिलेमतो भएपछि १० प्रतिशत रकम बितरण गर्ने, पाँच देखि १० प्रतिशत गाउँपालिकालाई पनि हुने भएपछि यो मिलेमतो भएको हो ।’ यती धेरै फर्म बिक्री हुने र एउटा मात्रै दाखिला भएको विषयमा गाउँपालिकाका कर्मचारी अनविज्ञता प्रकट गर्छन् ।

प्रतिक्रिया दिनुहोस्