
संसद बिघटन बिरुद्ध गोरखामा नेकपाको मसाल जुलुस, प्रधानमन्त्रीको पुत्ला दोहन
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षधरले गोरखा सदरमुकाममा मसाल जुलुस प्रर्दशन गरेका छन् । संसद बिघटन गर्ने प्रधानमन्त्री केपी सर्मा ओलीको निणर्य बिरुद्ध नेकपाका नेता कार्यकर्ता बिरोधमा उत्रिएका हुन् ।
गोरखा सदरमुकामको हरमटारीदेखि बसपार्क सम्म मसाल जुलुस गरिएको नेकपाका नेता यादब बस्नेतले बताए । ‘प्रधानमन्त्रीओलीको पुत्ला दोहन पनि गर्यौँ’ उनले भने ‘प्रहरीले हामीलाई हस्तक्षेप र दमन गर्यो ।’




