
धार्चेमा पोषण बारे दुई दिने गोष्ठी सुरु
गोरखाको धार्चे गाउँपालिकामा पालिका स्तरीय पोषण कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । बुधवार देखि सुरु भएको गोष्ठीमा गाउँपालिका भित्र सुत्केरी, महिला, तथा बालवालिकाहरुको स्वास्थ्य र पोषणमा कसरी सुधार गर्न सकिन्छ भन्ने बारे छलफल भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
स्वस्थ पोषणले सुरक्षित स्वास्थ्य हुने भएकाले गाउँपालिका भित्र पोषणको अहिलेको अवस्था, सुधार गर्नुपर्ने पक्ष लगायतको बारेमा छलफल सहित निर्णय हुने अध्यक्ष गुरुङले बताए । छलफलपछि आगामी वर्ष कसरी कार्यक्रम संचालन गर्ने भन्ने निर्णय गरिने गाउँपालिकाले जनाएको छ ।




