
इच्छाकामना ४ का वडा अध्यक्षको निधन
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष होमबहादुर राना मगरको निधन भएको छ ।
३८ वर्षिय मगरको उपचारको क्रममा दिल्लीको मेदान्त अस्पतालमा निधन भएको परिवारले बताएका छन् । उनी नेपाली कांग्रेसबाट बिजयी भएका थिए ।
इच्छाकामना गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले शोक बक्तब्य जारी गर्दै मृतकप्रति श्रद्धान्जली सहित माघ २२ गते बिहिवार गाउँपालिका र मातहतका सबै कार्यालय बन्द हुने बताएकि छिन् ।




