
जिल्ला प्रशासन कार्यालयद्धारा अर्धवार्षिक कामको समिक्षा
जिल्ला प्रशासन कार्यालय गोरखाले चालु आर्थिक बर्षको पुष महिनासम्म गरेका कामको समिक्षा गरेको छ ।
मंगलवार कार्यालयले चालु आर्थिक बर्षको अर्धवार्षिक प्रगति समिक्षा तथा कार्यसंचालन बिधि सार्वजनिक गरिएको हो ।
चालु आर्थिक बर्षको पुष महिनासम्म कार्यालयले चार हजार २१९ वटा नागरिकता र ९९ वटा नावालक परिचयपत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताईन ।
कार्यालयले १७ वटा हातहतियार नविकरण र एउटा नामसारी गरेको,बिष्फोट पदार्थ अनुमति नविकरण चार वटा, र बिष्फोट पदार्थका लागी एउटा अनुमति दिइएको बताइएको छ । कार्यालयले पुष महिनासम्म परेका ठाडो उजुरीमध्य ३८ वटा फछ्र्याेट गरेको खत्रीले बताईन ।




