| आइतवार, कार्तिक २२, २०८३

भुकम्प प्रतिरोधी घर बनाउन महिलाहरुलाई डकर्मी तालिम

गोरखा नगरपालिका वडा नम्बर ३ मा महिलाहरुलाई सात दिने डकर्मी तालिम दिईएको छ । भुकम्प प्रतिरोधी घर बनाउन महिलाहरुलाई तालिम दिइएको भारत सरकारको सहयोगमा सचालित नेपाल आबास पुन निर्माण परियोजना गोरखाले जनाएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रामबाबु बोगटीले मंगलवार तालिमको उद्धघाटन गर्दै सिकेको सीपको कार्यान्वयन गरि भूकम्प प्रतिरोधी सुरक्षित घर बनाउने अभियानमा अग्रसर हुन अनुरोध गरे ।
तालिममा सहभागी नारेश्वरकी सम्झना सुनारले तालिमले हौशला प्रदान भएको भन्दै सुरक्षित घर निर्माणका लागि महिला डकर्मीले नेतृत्वदायी भूमिका खेल्न सक्ने बताईन । १० जना महिला सहभागी तालिमको इन्जिनियर विरेन्द्र श्रेष्ठले सहजिकरण गरेका छन् ।

परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले निजी आवास पुनर्निर्माणमा महिला डकर्मी समेत अब्बल रहेको र क्षमता अभिवृद्धिका लागि मद्दत मिल्ने भन्दै जिविकोपार्जनको माध्यम बनाउन सुझाब दिए ।
तालिममा ढुंगामाटोको गारो, इँटाको गारो सिमेन्ट लगायत विभिन्न प्रविधिका विषयमा अभ्यास गराउने छ । यस अघि पालुङटार नगरपालिकामा समेत भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी ७ दिने महिला डकर्मी अभिमूखिकरण भईसकेको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्