| सोमवार, कार्तिक २३, २०८३

लायन्स आँखा अस्पतालमा ३४ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लायन्स क्लव अफ गोरखाको आयोजना एवं नेपाल आई केयर फाउन्डेसनको सहयोगमा लायन्स आँखा अस्पतालमा ३४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा २१ जना महिला र १३ जना पुरुषको आँखाको शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया गरिएकाहरुको बुधवार बिहान पट्टी खोल्ने र चस्मा, औषधी दिएर घर पठाउने कार्यक्रम रहेको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए । लायन्स क्लव अफ गोरखाले आँखामा समस्या देखिएकाहरुको शिविर मार्फत पहिचान गरी मोतियाबिन्दु भएकाहरुलाई सहुलियतमा सल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्