| आइतवार, कार्तिक २२, २०८३

एक करोड ४० लाखमा पालुङटारमा पार्टी प्यालेस संचालन

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ५ राधाकृष्णचोकमा स्काई रेष्टुरेष्ट एण्ड पार्टी प्यालेस निर्माण भएको छ ।

एक करोड ४० लाखमा निर्माण भएको प्यालेस सोमवारबाट संचालनमा आएको हो । पालुङटार नगरपालिकाका मेयर दिपक बाबु कडेल र उपमेयर पम्फा बसेलले पार्टी प्यालेसको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । १० रोपनी जग्गा भाडामा लिएर प्यालेस संचालन गरिएको संचालक दुर्गालाल श्रेष्ठले बताए ।

प्यालेसमा विवाह, ब्रतवन्ध, सेमिनार लगायतका कार्यक्रमहरु संचालन गर्न सकिने छ । प्यालेस करिव सात सय जनासम्म अट्ने क्षमताको रहेको संचालक श्रेष्ठले बताए । पाँच जनाको लगानीमा खोलिएको प्यालेसमा खाजाका लागी रेष्टुरेष्ट र कफि सपको ब्यवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस्