| सोमवार, कार्तिक २३, २०८३

मानब सेवा आश्रम गोरखाद्धारा चुमनुब्रीबाट एक महिलाको उद्धार

मानव सेवा आश्रम गोरखाले चुमनुब्री गाउँपालिका १ साम्दोबाट एक महिलाको उद्धार गरेको छ । राम्रो सँग भाष नबुझ्ने नाम जहान बेगम र ठेगाना स्यामपुर बताउने ३४ वर्षिय महिलाको सोमवार उद्धार गरिएको गोरखा आश्रमकी मुना लामाले बताईन ।
इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला प्रहरी कार्यालय गोरखाको सहयोगमा ति महिलालाई उद्धार गरि मानव सेवा आश्रम चितवनमा उपचार, पालनपोषण र संरक्षणका लागि पठाइएको छ । साथै आश्रमले खाना बस्न नपाएर सडकमा गुजारा चलाउन बाध्य भएका मानिसहरु देखे भेटेमा खबर गरिदिन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्