| आइतवार, कार्तिक २२, २०८३

ओलीले संसद बिघटन गरेका चुनाव गराउन होईन : कांग्रेस नेतृ पन्त

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य कमला पन्तले प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेर चुनाव घोषणाको नाटक मात्रै गरेको बताएकि छिन् ।

गृह जिल्ला गोरखामा कांग्रेसका बिभिन्न १३ वटा भातृ संस्थाको आयोजनामा भएको बिरोध प्रर्दशनलाई संवोधन गर्दै उनले भनिन् ‘संसद बिघटन गरेका चुनाव गराउन होईन, आफ्नो स्वार्थ पूर्तीका लागि हो ।
चुनाव भएमा कांग्रेस आजै तयार रहेको बताउँदै उनले असंवैधानीक कदमको ढाकछोप गर्न ओलीले चुनावको नाटक गरेको बताईन । संविधान भनेको बाबुको टाउको जस्तै हो भन्दै उनले भनिन् ‘अशं दिएनन भन्दैमा छोराछोरीले बाबुको टाउको काटिदिने ?’ संसद पुनस्थापना गरेर कांग्रेसको नेतृत्वमा देशले निकास पाउने उनले बताईन ।
संविधानले पाँच वर्ष संसद बिघटन नगर्न स्पष्ट भनेकाले प्रधानमन्त्रीलाई झोँक चल्दैमा बिघटन गर्न नपाईने उनले बताईन ।

गोरखा सदरमुकामको बसपार्कमा आयोजित कार्यक्रममा महिला संघकी जिल्ला अध्यक्ष मनकुमारी गुरुङ, नेविसंघका महामन्त्री बलदेव तिमल्सिना, कांग्रेसका जिल्ला सदस्य ठाकुर भट्ट, दलित संघका केन्द्रिय इश्वर परियार, किसान संघका अध्यक्ष बासु भट्ट, भुपु सैनिक संघका अध्यक्ष डिलबहादुर थापा मगर लगायतले संवोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्