| आइतवार, कार्तिक २२, २०८३

जिसस गोरखाले निशुल्क लोकसेवा पढाउँदै

जिल्ला समन्वय समिति गोरखाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका महिलाहरुलाई शसक्तिकरण गराउँदै सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले लोक सेवा तयारी कक्षा संचालन गर्न लागिएको जिससले जनाएको छ ।


गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयको स्विकृत कार्यक्रम अन्र्तगत ३५ जना महिलाहरुलाई उक्त कक्षा दिन लागिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत बिजयराज वाग्लेले बताए । खरिदार वा सो सरह (अप्राविधिक) कक्षा संचालन हुनेछ ।
कक्षमा सहभागी हुन एसएलसी उर्तिण, १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,गोरखा जिल्लाको स्थायी बासिन्दा हुनुपर्ने उल्लेख गरिएको छ ।

जनजाती, आदिबासी, दलित, अपाङ्ग, पिछडिएकालाई प्राथमिकता दिईने शाखा अधिकृत वाग्लेले बताए । पढ्न इच्छुकहरुले जिससमा आउँदो शुक्रवार सम्म निवेदन दिन सक्नेछन् । मापदण्ड भित्र परेकाहरुलाई प्राथमिकतका आधारमा छनौट गरी कक्षा संचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्