| आइतवार, कार्तिक २२, २०८३

आयोन र आइफेसको आयोजनामा कोभिड १९ र युवाहरुवारे अन्तरकृया

नेपाल युवा संस्था सञ्जाल (आयोन) र आईफेसको साझेदारीमा गोरखामा कोभिड १९ र युवाहरुको सबाल विषयक एक दिने भर्चुअल अन्तरकृया भएको छ । आयोनले देशको विभिन्न जिल्ला तथा प्रदेश स्तरमा गरेको छलफल पछि तयार भएको विषयमा अन्तरकृया भएको थियो ।
कोभिड १९को कारण युवाहरुको मानसिक स्वास्थ्य, पहुचयुक्त, प्रभावकारी र समावेशी शिक्षाको अवस्था, आर्थिक अवसर, लैगिंक हिसा, स्वास्थ्य तथा कोभिड १९ को प्रतिकार्यमा युवाहरुको सहभागिता बारे आयोनको कार्य समिति सदस्य खिमानन्द देवकोटाले वताएका थिए ।

कोभिड १९ को महामारीको विभिन्न असरहरूका कारण आत्महत्या जस्तो गम्भीर घटना लगायत अन्य मानसिक रोगहरू युवामा अत्याधिक बढेको उनले बताए । यस्ता घटना न्यूनिकरण गर्ने माध्यामका बारेमा समेत छलफल भएको थियो । दुव्र्यवहार, हिंसा जस्ता घटनाहरूमा कडा कानूनी कारवाही कार्यान्वयन भएको सुनिश्चित गर्ने र कोभिड–१९ प्रतिकार्यका लागि निर्माण गरेको समितिहरूमा युवाको सहभागिताको सुनिश्चित गर्न जरुरी भएको अन्तक्रियामा सहभागीले बताएका थिए ।


युवाहरुमा उपलब्ध ज्ञान, सिप, अनुभव तथा आवश्यकता सम्बन्धी अध्ययन गरी आवश्यक सिप विकास वा आयआर्जन हुने खालका तालिमहरू प्रदान गर्ने, युवालाई आफ्नो व्यावसाय संचालन गर्न नीजि र वित्तीय संस्थालाई सस्तो दरमा बिना धितोऋण दिन प्रेरित गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।
कार्यक्रममा वोल्दै गोरखा नगरपालिकाको उपप्रमुख विना कुमारी श्रेष्ठले नगरपालिकामा युवा संजाल गठन गरी युवाहरुको नीति निर्माण तथा कार्यक्रममा नगरपालिका लागेको बताईन । उनले महिला उद्यमशिल कोष तथा साना व्यावसायिले व्यावसायिक करमा नगरपालिकाले २५ प्रतिशत रकम छुट दिई कामलाई सहजीकरण गरिरहेको बताईन । कार्यक्रममा गोरखा विभिन्न क्षेत्रवाट २५ जना भन्दा वढिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्