| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेशको अन्तरिक पर्यटन पुनरुत्थान समितिमा साने गुरुङ

गण्डकी प्रदेशस्तरको पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समितिमा साने गुरुङलाई नियुक्त गरेको छ ।

पर्यटकीय स्थलहरुमा पुर्वाधार निर्माण गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गठित पुनरुत्थान समितिमा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङलाई नियुक्त गरिएको हो ।
सो समिति गण्डकी प्रदेशका ११ वटै जिल्लाहरुमा गठन गरिएको छ ।
पर्यटन पुनरुत्थान समितिले गोरखाको दुई नगरपालिका तथा नौवटै गाउँपालिकाहरुमा पर्यटन पुनरुत्थान उपसमिति गठन गर्ने तयारी गरेको गोरखाका लागि संयोजक नियुक्त भएका साने गुरुङले जानकारी दिए ।
सो समिति गठनका लागि आउँदो २४ गते शनिबार गोरखामा पर्यटन क्षेत्रसँग रुचि राख्नेहरुको भेला आव्हान गरिएको छ । जिल्ला समन्वय समितिसंग समन्वय गरी प्रत्येक पालिकाबाट एकेक जनालाई निमन्त्रण गरिएको संयोजक गुरुङले जानकारी दिए । पर्यटन पुर्वाधार क्षेत्रमा विशेष जानकारी राख्ने व्यक्तिहरुलाई निमन्त्रा गरिएको छ ।

उहाँहरुमध्यबाट ११ सदस्यीय पर्यटन पुर्वाधार पुनरुत्थान उपसमिति गठन गर्नेछौँ’, उनले भने, ‘जिल्ला समन्वय समितिसंग समन्वय गरी पुनरुत्थान उपसमितिमा रहन सक्ने व्यक्ति पठाइदिन अनुरोध सहित सबै पालिकाहरुमा पत्राचार गरेका छौँ ।’ सो समितिले जिल्लामा पर्यटन विकासका लागि सहयोगीको भूमिका निर्बाह गर्ने उनले बताए ।
सो उपसमितिले नेपाल पर्यटन बोर्ड र आन्तरिक पर्यटन पुनरुत्थान समितिसँगको सहयोग र समन्वयबाट पर्यटनकीय क्षेत्रको विकास गर्नेछ । ‘हामीले समिति गठन गरिसकेपछि तत्काल पर्यटनसँग सम्बन्धित तीनवटा कार्यक्रम बनाएर पेश गर्नेछौँ ।

तीमध्य पर्यटन बोर्डले एउटा कार्यक्रम छनौट गरी कार्यान्वयन गर्नेछ’, गुरुङले भने, ‘पर्यटन बर्ष २०२० मनाउन नपाए पनि २०२१ र २०२२ मा पर्यटन विकास गर्न विशेष कार्यक्रमहरु लागु गर्नेछ ।’
पुनरुत्थान समितिले जिल्लास्तरमा गठन हुने उपसमितिसंगको सहकार्यमा गण्डकी प्रदेशका १० वटा पर्यटकीय क्षेत्रको होर्डिङबोर्ड बनाउने, गण्डकी प्रदेशभित्रका प्रमुख पर्यटकीय क्षेत्रहरुलाई जोड्ने नयाँ पदमार्गको निर्माण गर्ने, होमस्टेहरुमा साँस्कृतिक प्रदर्शनी गर्न सक्नेगरी तालिम दिने, गण्डकी प्रदेशका हिमालहरुको पिक प्रोफाइल तयार गर्नेलगायतका काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्