| आइतवार, कार्तिक २२, २०८३

गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल चयन

पोखरामा बस्ने गोर्खालीहरु आवद्ध गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल चयन भएका छन् । शनिवार पोखरामा आयोजित २१ औँ साधारण सभा एवं ११ औँ अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन भएका हुन् । उनी स्वास्थ्य क्षेत्रका ब्यवशायी हुन् ।
समाजको उपाध्यक्षमा कोपिला श्रेष्ठ, महासचिव अग्रिम श्रेष्ठ, सचिव सन्तबहादुर लामिछाने, कोषाध्यक्ष शित्तल श्रेष्ठ, सह कोषाध्यक्ष गिता खनाल रहेका छन् ।

सदस्यहरु पुनम गुरुङ (श्रेष्ठ) अनुप पाण्डे, दिपक भण्डारी, शेरबहादुर राना, धिरज श्रेष्ठ र उमेशचन्द्र देवकोटा रहेका छन् ।
गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सांसद हरिशरण आचार्य लगायत गोरखा जन्मथलो भई पोखरा कर्मथलो बनाएका ब्यापारी ब्यवशायीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्