
गण्डकी गापाद्वारा रुखबाट लडेर घाईते चेपाङलाई १ लाख सहयोग
रुखबाट लडेर घाईते भएका हिरा चेपाङलाई गण्डकी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ । वडा नम्बर १ मकैसिंङ कोलडाँडाका ३५ वर्षिय चेपाङको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि उक्त सहयोग गरिएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले बताए ।
गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारीले संयुक्त रुपमा चेपाङ परिवारलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । रुखमा घाँस काट्ने क्रममा लडेर मेरुदण्डमा गम्भिर असर परेपछि पूर्ण अशक्त बनेका चेपाङलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत गुरुङले बताए ।




