
सुरक्षित आवास निर्माणका लागि सातदिने महिला डकर्मी तालिम
गोरखाको पालुङ्टार नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी सातदिने डकर्मी तालिम सुरु भएको छ ।
भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निमर्ाण परियोजनाले सहजिकरण गरेको वडा नम्बर ९ मा संचालन भएको तालिममा सुरक्षित आवास निर्माणका लागि विभिन्न प्रविधिसहित भूकम्पप्रतिरोधी घर निर्माणका लागि तालिम दिइने बताइएको छ ।
तालिममा १० जना महिला सहित परियोजनाका प्रशिक्षकको सहभागिता समेत रहेको छ । महिला डकर्मी तालिमको पहिलो दिन पालुङ्टार नगरपालिक मेयर दिपकबाबु कँडेलले समाजको पुरानो सोचलाई परिवर्तन गर्दै दक्ष मिस्त्रीका रुपमा स्थापित हुन महिलाहरुलाई आग्रह गरे । त्यस्तै उपमेयर पम्फा बसेलले तालिमको माध्यमबाट महिलाले आफुमा परिर्वतन ल्याएर आर्थिक आम्दानीको श्रोत बनाउन आग्रह गरिन् ।
तालिममा ढुंगामाटोको गारो, इँटाको गारो सिमेन्ट लगायत विभिन्न प्रविधिका विषयमा सीप सिकाइनेछ । यसअघि, परियोजनाले पाँच हजार दक्ष डकर्मीलाई सुरक्षित आवासका लागि विभिन्न प्रविधिमा तालिम दिएको छ ।




