
तातोपानी मेला माघ १५ देखि १९ सम्म हुने
उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ तातोपानीमा हरेक वर्ष जस्तै यस वर्ष पनि तातोपानी मेला हुने भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संम्वर्दन बिकास केन्द्रको आयोजनामा आउँदो १५ देखि १९ गते सम्म मेला हुन लागेको हो ।
‘आफ्नो गाउँठाउँ आफ्नो पहिचान , खेलकुद, कला, संस्कृती जोगाउने हाम्रो अभियान’ भन्ने नारा सहित मेला हुन लागेको आयोजक केन्द्रका अध्यक्ष सुवन गुरुङले बताए ।
मेलाको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता एवं बिभिन्न साँस्कृतीक कार्यक्रम संचालन गरिने उनले बताए । मेलाको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेछ । लोक नृत्य, लोक दोहोरी, धार्चे तारा सिजन ३ प्रतियोगिता संचालन हुने आयोजक समितिका सदस्य कुमार गुरुङले बताए । कृषि तथा हस्तकला प्रर्दशनी, झाँकी सहितको कला संस्कृती प्रस्तुती रहनेछ ।
लार्के दुर्गम सामुदायिक बिकास संस्थाको सहयोगमा मेला हुन लागेको हो । मेलाको उद्घाटन भने माघ १६ गते हुनेछ । यस अघि पनि तातोपानीमा मेला हुँदै आएको थियो । परम्परालाई निरन्तरता दिन यस वर्ष पनि मेला गरिएको सदस्य गुरुङले बताए ।
मेलामा स्थानीय उत्पादन, खाना, खाजाका स्टलहरु रहेनछन् । त्यहाँका स्थानीयले कला संस्कृती देखाउनेछन् । नयाँ पुस्तालाई संस्कार सिकाउन मेला उपयोगी बन्ने गरेको आयोजक तातोपानी क्षेत्र संरक्षण तथा संम्वर्दन बिकास केन्द्रका अध्यक्ष सुवन गुरुङले बताए ।




