
ओली पक्ष नेकपाको पालुङटारमा अगुवा कार्यकर्ता भेला
ओली पक्ष नेपाल कम्यूनिष्ट पार्टीको भेला पालुङटारमा भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री एवं नेकपाका केन्द्रिय सदस्य रामशरण बस्नेतको प्रमुख आथित्यतमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको हो ।
पालुङटार नगर स्तरीय समितिका सचिवालय सदस्य बलराम थापाको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता प्रेम गुरुङ, हरि भट्ट, पार्वती पाठक लगायतले मन्तब्य राखेका थिए । नेकपा दुई धारमा बिभाजित भएसँगै गोरखाका बिभिन्न पालिकामा ओली पक्षधर नेकपाका नेताहरुले कार्यकर्ता प्रशिक्षणका कार्यक्रम संचालन गर्दै आएका छन् ।




