| आइतवार, कार्तिक २२, २०८३

कर नीति बारे गोरखाका ब्यापारी ब्यवशायी सँग छलफल

करको नीति, नियम, कानुनका बारेमा गोरखाका ब्यापारी ब्यवशायी संग छलफल भएको छ । उद्योग बाणिज्य संघ गोरखाको आयोजनामा शुक्रवार भएको छलफलमा करदाता सेवा कार्यालय दमौली र गोरखाका प्रमुखहरुले ब्यवशायीले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।


ब्यापारी ब्यवशायीले बजार मूल्य र जिल्ला दररेट फरक गरेर ब्यापार गर्नुपर्दा भ्याट धेरै तिर्नु परेको, अस्वस्थ प्रतिसपर्धा बढेको गुनासो गरेका थिए । भ्याटको बिवरण राख्न, खरिद बिक्री खाता संचालन गर्न नजानेकै कारण कर छलेको आरोप लाग्ने गरेको गुनासो ब्यवशायीको छ । उनीहरुले करदाता कार्यालयका कर्मचारीले समय मिलाए ब्यवशायीकहाँ गएर नियम, कानुन, तौर तरिकाबारे सिकाउनुपर्ने माग राखे ।

करदाता सेवा कार्यालयका कर्मचारी देखेर ब्यवशायी तर्सिने बतावरण हट्दै गएकाले अझै केही समस्या, अफ्ठ्यारा बाँकी रहेकाले सुधार गर्नुपर्ने माग ब्यवशायीको छ ।
ब्यवशायीको कुरा सुनेपछि करदाता सेवा कार्यालय गोरखाका प्रमुख शुसिलकुमार महतराले कर्मचारी अभावका कारण ब्यापारी ब्यवशायीलाई अभिमुखिकरण गर्न नभ्याएको बताए । गोरखा स्थित करदाता सेवा कार्यालयमा एक जना कार्यालय प्रमुख, एक जना अपरेटर र एक सहयोगी बाहेक कर्मचारी पदपूर्ती नहुँदा समस्या भएको उनले बताए ।

११ वटा स्थानीय तहमा पुगेर कर शिक्षा दिने योजना रहेको र कर्मचारी पदपूर्ती भएपछि कार्यालयले कर संम्बन्धित शिक्षा दिने उनले बताए । उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष श्रवणकुमार जोशी लगायतले धारणा राखेका थिए ।
करदाता कार्यालय दमौलीका प्रमुख कर अधिकृत डाक्टर नारायण ढकालले ब्यवशायीलाई ब्यवशायीले पालना गर्नुपर्ने नियम पुरा गरेर ब्यापार ब्यवशाय गर्न सुझाए ।

कर अधिकृत रमेश श्रेष्ठले आर्थिक ऐन २०७७ ले ब्यापारी ब्यवशायीलाई करमा दिएको छुट बारे जानकारी गराए । ब्यवशायी बन्द गर्दा भ्याट र प्यान लिएका ब्यवशायीले करदाता कार्यालयमै पुगेर बन्द नगर्दा सम्म जरिवाना लाग्ने भएकाले ध्यान दिन कर्मचारीले सुझाब दिए । यस अघि बिवरण नबुझाएकाहरुले २०७४\७५ यताको बिवरण बुझाउँदा हुने, त्यसमा पनि ५० प्रतिशत छुट पाउने करदाता कार्यालयले जनाएको छ । यसका लागि फागुन मसान्त सम्म मात्रै समय अवधी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्