| आइतवार, कार्तिक २२, २०८३

रोट्याक्टको आयोजनामा गोरखाका अन्तराष्ट्रिय क्लव बिच फुटबल प्रतिस्पर्धा हुने

रोट्याक्ट क्लव अफ गोरखाको आयोजनामा गोरखाका अन्तराष्ट्रिय क्लवहरु बिच फुटबल प्रतिस्पर्धा हुने भएको छ ।

माघ १६ र १७ गते हुने प्रतियोगितामा रोट्याक्ट, लायन्स, लियो, जेसिज लगायतका अन्तराष्ट्रिय क्लव सँग आवद्ध क्लवहरु सहभागी हुन पाउनेछन् । खेल गोरखा नगरपालिका ९ स्थित द ओसन क्लवको फुटसल मैदानमा हुनेछ ।
एक टिममा सात जना खेलाडी र दुई जना अतिरिक्तसहित नौ जना सहभागी हुनुपर्ने रोट्याक्ट क्लव अफ गोरखाका पूर्व अध्यक्ष बिपिन पोखरेलले बताए ।

बिजेतालाई खसी, उप बिजेतालाई दुईवटा कुखुरा र तेस्रो हुने टिमलाई एउटा कुखुरा पुरस्कार दिईने रोक्टयाक्ट क्लव अफ गोरखाले जनाएको छ । एक टिमका लागि रजिष्ट्रेशन शुल्क तीन हजार पाँच सय लाग्नेछ ।
खेल संचालनपछि बचेको पैसा सामाजिक क्षेत्रमा खर्च गरिने क्लवका क्लवका अध्यक्ष फिलिप कंडेलले बताए। रोट्याक्ट क्लव अफ गोरखाले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गर्ने खालका कार्यक्रम गोरखामा निरन्तर गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्