| सोमवार, कार्तिक २३, २०८३

संसद बिघटनको बिरोधमा गोरखा नगरका सबै वडामा कांग्रेसको प्रर्दशन

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गर्ने निर्णय गरेको बिरोधमा नेपाली काग्रेसले बिहिवार वडा स्तरको प्रर्दशन गरेको छ ।

१४ वटै वडामा वडा सभापतिको अध्यक्षता र केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, भुगोल थापा लगायतका नेताहरुले सभालाई संवोधन गरेको कांग्रेस नगर सभापति चन्दनबाबु खत्रीले बताए ।


सभामा संवोधन गर्ने नेताहरुले संसद बिघटनको निर्णय असंवैधानीक भएको बताए । अदालतमा मुद्धा परेको र अदालतले गर्ने फैसला काग्रेसलाई मान्य हुने नेताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्