
सरुवा रोगको रोकथाम र ब्यवस्थापन बारे सरोकारवाला बिच छलफल
सरुवा रोगको रोकथाम र ब्यवस्थापन गर्न सबै रोकारवाला एकजुट हुनुपर्ने गोरखा सदरमुकाममा बुधवार आयोजित कार्यक्रममा सहभागीले जोड दिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना मा भएको छलफलमा सहभागीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघ संस्था, कर्मचारी, नागरिक समाज सबै एकमेठ हुने हो भने सरुवा रोग रोकथाम र नियन्त्रण गर्न सकिने बताए ।
सरुवा तथा संक्रामक किटजन्य एवं प्रकोपजन्य रोगहरुको रोकथाम नियन्त्रण र सर्भिलेन्स तथा ब्यवस्थापन सबन्धि छलफलमा सहभागीले यस्तो धारणा राखेका हुन् । छलफलमा गोरखाका बिभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सरकारी तथा प्राईभेट अस्पतालका प्रतिनिधि, नागरिक संघ संस्थाका अगुवा ब्यक्तिहरुको उपस्थिती थियो ।
निर्देशनालयका शुसिला कार्की, डाक्टर ज्योती रानाभाट, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी लगायलले सहजिकरण गरेका थिए । स्वास्थ्य कार्यालयबाट अहिले सम्म गोरखामा कोभिडको प्रभावका बारेमा जानकारी गराएका थिए ।




