| आइतवार, कार्तिक २२, २०८३

जराङ कपको उपाधी जनप्रेमी युवा क्लवलाई

गोरखाको बारपाक सुलिकोट गाउँपालिका जराङमा भएको जराङ कपको उपाधी जनप्रेमी युवा क्लवले उचालेको छ । मंगलवार भएको फाईनल खेलमा खोप्लाङ एपसीलाई ३ः० गोल अन्तरले पराजित गर्दै जनप्रेमी बिजयी बनेको हो ।
बिजेता क्लवले नगद ७१ हजार एक सय ११ सहित ट्रफि, मेडल पाएको छ भने उप बिजेता खोप्लाङ एपसीले ३६ हजार एक सय ११ मा चित्त बुझाउनुप¥यो ।

खोप्लाङ एपसी जराङ कपको साविक बिजेता टिम थियो तर यस वर्ष जनप्रेमी युवा क्लवमाथि उसले जित निकाल्न सकेन । बिजेता टिमलाई बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले पुरस्कार बितरण गरेका हुन् ।
माघ १ देखि ५ गते सम्म चलेको प्रतियोगितामा २१ टिम सहभागी थिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोल रक्षक र सर्वाधिक गोलकर्तालाई नगद दुई÷दुई हजार पुरस्कार दिइएको थियो । जनप्रेमी युवा क्लवको आयोजनामा हरेक वर्ष माघेसंक्रान्तीको अबसरमा खुल्ला फुटबल प्रतियोगिता हुँदै आएको क्लवका रमेश बरामले बताए ।

प्रतिक्रिया दिनुहोस्