
पुलजीप युवा क्लवलाई सहयोग जुट्दै भबन निर्माण अन्तिम चरणमा
दरौंदी समाचारदाता
तनहुँको आँबुखैरेनी वडा नम्बर ४ को पुलजीप युवा क्लवको भबन निर्माण अन्तिम चरणमा पुगेका छ । वडा कार्यालयबाट प्राप्त पाँच लाख र बिभिन्न सहयोगीहरुबाट संकलन भएको रकमले भबन निर्माण भएको छ ।
स्थानीयबासीले दुईदिन लगाएर करिब ५० हजार रुपैयाँ बरावरको श्रमदान समेत गरेका थिए । भबन निर्माणका लागि नेपाली काङ्ग्रेस आँबुखैरेनीका सचिव विष्णु पन्तले २५ हजार, छिम्केश्वरी सप्लायर्सका संचालक राजु नेपालले १० हजार, नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीले नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
गत पुस तीन गतेबाट निर्माण सुरु भएको भबन एक महिना भित्रै अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष बिजय गुरुङले बताए । भबन निर्माण भएपछि युवाहरुको क्षमता र नेतृत्व बिकासका कार्यक्रम संचालन गर्न प्रयोग गरिने उनले बताए ।




