| आइतवार, कार्तिक २२, २०८३

प्रथम वडाकप फुटसल प्रतियोगिताको उपाधी गोनपा ७ सतिपिपललाई

गोरखा नगरपालिका स्तरीय प्रथम वडाकप फुटसल प्रतियोगिताको उपाधी गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलले उचालेको छ । गोनपा ९ लक्ष्मीबजारलाई ५–२ गोल अन्तरले पराजित गर्दै आयोजक क्लव बिजेता बनेको हो ।
बिजेता क्लवले नगद ५० हजारको साथमा मेडल, ट्रफि र प्रमाण पत्र पाएको छ भने उपबिजेताले नगद २५ हजारमा चित्त बुझाउनुप¥यो । बिजेता र उपबिजेतालाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पुरस्कार बितरण गरेका हुन् ।
सतिपिपललाई बिजेता बनाउन खिम गुरुङले ४ र किस्मत गुरुङले १ गोलको योगदान गरे । गोनपा ९ लक्ष्मीबजारका लागि आकास सुनार र अनिस श्रेष्ठले एक–एक गोलको योगदान दिए । खेलमा खिम गुरुङ उत्कृष्ठ र धेरै गोल गर्ने खेलाडी घोषित भए भने गोनपा १२ का युनिस कुमाल उत्कृष्ठ गोल रक्षक घोषित भए ।
पुरस्कार बितरण गर्दै उनले कोरोनाका कारण प्रभावित खेल क्षेत्र बिस्तारै तङ्ग्रिएको बताए । युवाहरुलाई सामाजिक भावनाको बिकास र खेल क्षेत्रमा प्रेरित गर्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उनले बताए ।
गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपल फुटबल क्लवका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षता पुरस्कार बितरण कार्यक्रम भएको हो । प्रतियोगितामा १८ टिम सहभागी थिए

प्रतिक्रिया दिनुहोस्