| सोमवार, कार्तिक २३, २०८३

गोरखामा २३ औँ भूकम्प सुरक्षा दिबस मनाइयो

२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिबस शुक्रवार गोरखामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । भूकम्प सुरक्षा दिबसको अवसरमा रेडियो संवाद कार्यक्रम, जिल्लाको पुन निर्माणको अवस्था बारे छलफल र भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतीमा दिप प्रज्वलन लगाएतका कार्यक्रम सम्पन्न भएको हो ।
बाँकी पुन निर्माणको अवस्था बारे छलफल भएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षता एवं जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

जिल्ला आयोजना कार्यन्वयन इकाई (जिमाली) का प्रमुख रामशरण आचार्य र जिल्ला आयोजना कार्यन्वयन इकाई भबनकी प्रमुख सुनिता श्रेष्ठले अहिले सम्मको पुन निर्माणको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’भन्ने नारा सहित यस वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिबस मनाइएको हो । कार्यक्रममा सहभागीले पुन निर्माणका क्रममा भूकम्प प्रतिरोधि बनाउनुपर्ने, भूकम्पबाट सुरक्षित हुन पूर्व तयारीमा ध्यान दिनुपर्ने लगायत धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्