| आइतवार, कार्तिक २२, २०८३

शहिदलखनका युवाहरुलाई मोवाईल मर्मत तालिम

गोरखाको शहिदलखन गाउँपालिका भित्रका चारवटा वडाका २० जना युवाहरुलाई मोवाईल मर्मत सम्बन्धि तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाको आयोजनामा वडा नम्बर ६, ७, ८ र ९ का युवाहरुलाई ४५ दिने मोवाईल मर्मत तालिम दिइएको हो ।
वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक दिनेश दानी, शहिदलखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीबन आले मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिमको शुक्रवार एक कार्यक्रमका बिच शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले उद्घाटन गरेका थिए । कोभिड १९ बाट आफु बचौँ र अरुलाई पनि बचाऔँ, सिप सिकौँ, रोजगारी बनौँ भन्ने नारा सहित घरेलु तथा साना उद्योग कार्यालयले गोरखाको बिभिन्न ठाउँमा सिपमुलक तालिम संचालन गरिएको कार्यालय प्रमुख दिनेश पौडेलले बताए । स्थानीय तहको समन्वयमा गोरखाका बिभिन्न पालिकामा सिपमुलक तालिम चलिरहेको र केही ठाउँमा संचालन हुने तयारीमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्