
माछाखोलामा अस्पताल भवन सिलान्यास
दरौंदी समाचारदाता
धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजारमा आधारभूत अस्पताल बन्ने भएको छ । पाँच शैयाको आधारभूत अस्पताल भवनको बिहिबार गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले सिलान्यास गरेका छन् ।
संघीय सरकारको कार्यक्रमअन्तर्गत बन्न लागेको आधारभूत अस्पताल का लागि चालु आर्थिक बर्षका लागि ७० लाख रुपैया प्राप्त भएको अध्यक्ष गुरुङले बताए ।
‘अघिल्लो पटक जग्गा अभावका कारण अस्पताल भवन शिलान्यास गर्न सकिएको थिएन, अहिले पाँच रोपनी जग्गा प्राप्त भयो । अब निर्माणको काम तिव्र गतिमा अघि बढ्छ’, उनले भने । यसअघिको माछाखोला हेल्थपोष्ट लाई नै स्तरोन्नति गरेर पाँचशैयाको आधारभूत अस्पताल निर्माण गर्न लागिएको उनको भनाई छ । संघीय सरकारले पठाएको स्टमेटका आधारमा भवन निर्माण हुने अध्यक्ष गुरुङले जानकारी दिए ।




