
माघेसक्रान्तीको दिन बगुवामा १० हल गोरु जुधाईयो
माघे संक्रान्तिको अवसर पारेर भिमसेन थापा गाउँपालिका–५ बगुवामा दस हल गोरु जुधाइएको छ । हराउँदै गएको परम्परालाई जीवन्त राख्दै यहाँका युवाहरुले गोरु जुधाउने प्रचलनलाई निरन्तरता दिइएका हुन् ।
बिहीबार दिनभर दस हल गोरुको घम्साघम्सी हेर्न यहाँ स्थानीयको भीड लागेको थियो । गोरु जुधाउन यहाँका स्थानीयले आफ्नै नियम बसाले । दुई मिनेटभन्दा माथि जुधेर विजेता हुनेलाई पाँच हजार र उपविजेतालाई तीन हजार पुरस्कारको व्यवस्था गरेको स्थानीयले बताए ।
४४ मिनेट ३७ सेकेन्ड जुधेर स्थानीय किसान प्रदिप गुरुङको गोरु उत्कृष्ट भयो । गुरुङको गोरु र प्रदिप परियारको गोरुबीच प्रतिस्पर्धा गराइएको थियो । लोकबहादुर बराम र राजेश सेन्चुरीको गोरुबीच ३० मिनेट ११ सेकेन्ड घम्साघम्सी भएको थियो ।




