| आइतवार, कार्तिक २२, २०८३

योगको महत्वबारे अन्तक्रिया

छैटौ राष्ट्रिय योग दिवशमा गोरखामा योगको महत्वबारे अन्तरक्रिया कार्यक्रम भएको छ । गोरखा नगरपालिका, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको अन्तक्रियामा सहभागीले योगको महत्व, फाईदा लगायतका बारेमा धारणा राखेका थिए ।
‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारा सहित प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पछिल्लो समय नेपालमा आफ्नो धार्मिक विधी, योग र आयुर्वेदलाई बिर्सेर पश्चिमी संस्कृतीप्रति आकर्षण बढेको बताए ।

उनले चिकित्सा विज्ञानले समेत आयुर्वेद र दर्शन शास्त्रलाई स्विकारेको भन्दै यसको जगेर्ना र प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै प्रजिअ भट्टराईले योग र प्रणाम जिवन सफलताको माध्यम भएको बताए । कार्यक्रममा योग गुरु डा प्रशान्त पण्डितले सहभागीहरुलाई केहिबेर योगको तरिका र फाइदाका बारे प्रशिक्षण गराएका थिए ।

पतञ्जली योग समितिका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, ओम शान्ति समाज गोरखाकी ब्रम्हकुमारी पवित्रा लगायतले योग सम्बन्धि धारणा राखेका थिए । यस बर्ष कोभिड १९ को जोखिमका कारण अन्तक्रिया कार्यक्रम गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख जिवनकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्