| आइतवार, कार्तिक २२, २०८३

अमेरिका बस्ने रामलक्ष्मी गुरुङद्वारा मानवसेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग

अमेरिकामा बस्दै आएका रामलक्ष्मी गुरुङले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग गरेका छन् । गोरखामा रहेका आफन्त गोबिन्द गुरुङ मार्फत ६० हजार रुपैयाँ बरावरको चामल, दाल, नुन, तेल लगायतको खाद्यान्न सहयोग प्राप्त भएको मानव सेवा आश्रम गोरखाले जनाएको छ ।

४१ जना बालवालिका सहित ४७ जना बस्दै आएका गोरखा स्थित मानव सेवा आश्रममा खाद्यान्न अभाव भएका बेला गुरुङले पठाएको सहयोगले ठुलो राहत मिलेको मानव सेवा आश्रमकी मुना लामाले बताईन । खाद्यान्न सँगै चिसोबाट बच्न न्यानो पछ्यौरा पनि सहयोग गरिएको छ ।

मानव सेवा आश्रम गोरखा बिभिन्न स्थानीय तह, ब्यक्ति, संघ संस्थाको सहयोगमा गोरखा सदरमुकाममा संचालिन छ । यस संस्थाले सडक बालवालिका, अविभाबक बिहिन भएकालाई उद्धार गरेर पालन पोषण, शिक्षा दिने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्