| सोमवार, कार्तिक २३, २०८३

आफैले काटेका रुखले च्यापिएर गाेरखामा एक युवाकाे मृत्यु

आफैले काटेको रुखले च्यापिएर गाेरखामा एक युवाको मृत्यु भएको छ ।


विहान करीब ८ बजे पाँचथर घर भइ हाल भिमसेन थापा गाउँपालिका वडा नं ३ को तान्द्राङ बसाेबास गर्दै आएका १८ बर्षका उमेश राईको रुख काट्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताउनुभयो ।

पोष्टमार्टम पछि उनको शव आफन्तजनलाई जिम्मा लगाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्