
लाप्राक ब्यवशायी ब्यवस्थापन समिति गठन
धार्चे गाउँपालिका ४ मा लाप्राक ब्यवशायी ब्यवस्थापन समिति गठन भएको छ । सुनबहादुर गुरुङको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा साहिँला गुरुङ, सचिवमा हस्तबहादुर गुरुङ (निकेस), कोषाध्यक्षमा माया गुरुङ, सह सचिवमा कोपिला गुरुङ लगायत रहेका छन् ।
यस्तै सदस्यहरुमा प्रसाद गुरुङ, रजनी गुरुङ, कामबहादुर गुरुङ, कान्छी गुरुङ, यमकुमारी गुरुङ, मानबहादुर गुरुङ, रामबहादुर गुरुङ रहेका छन् ।
वडाभित्र रहेका पसलहरु मध्ये सो समितिमा ३० वटा मात्र दर्ता भएको र ३९ वटा दर्ता नभएकाले सबैलाई दर्ता प्रक्रियामा ल्याउन ब्यवस्थापन समिति गठन गरिएको वडा अध्यक्ष राज गुरुङले बताए । मूल्यमा एकरुपता ल्याउन, दुर्गम उत्तरी भेग भएकाले सडक बिग्रिएका बेला मर्मत गरेर ढुवानी गर्न लगायतका काममा ब्यवशायीको सजिलाका लागि पनि समितिले काम गर्ने योजना रहेको उनले बताए । दर्ता हुन बाँकी रहेकालाई तत्काल दर्ता प्रक्रियामा आउन वडा कार्यालयले निर्देशन गरेको अध्यक्ष गुरुङले बताए ।
यस्तै धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको रिन्जुलुङमा टोल सुधार समिति गठन भएको छ । वडा अध्यक्ष राज गुरुङको उपस्थितिमा दलबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।




