| सोमवार, कार्तिक २३, २०८३

प्रचण्ड-माधव समुहद्वारा गोरखाका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र पेश

नेपाल कम्युनिष्ट पार्टी (नेकपाप्रचण्ड-नेपाल पक्ष) गोरखाले संसद बिघटनको बिरोधमा शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाएको छ ।

प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पठाएको बिरोध पत्रमा पुस ५गते गरेको संसद बिघटन असंबैधानिक, अलोकतान्त्रिक एवंम स्वेच्छाचारी कदम चालिएकाले भन्दै घोर आपत्ती रहेको उल्लेख छ ।
प्रधानमन्त्रीलाई प्रचण्ड माधव पक्षधरले प्रशासन मार्फत बुझाएको बिरोध पत्रमा आफ्नो असंबैधानिक कदमका निम्ति पश्चाताप गरि राष्ट्रका सामु क्षमायाचना गर्न सुझाब दिएको छ ।

त्यस्तै बिरोध पत्रमा प्रधानमन्त्री ओलीलाई संबिधानको धारा पुन पढ्न भन्दै उक्त धाराको प्रतिसमेत पठाइको पार्टीका जिल्ला सहइन्चार्ज अमर तमुले जानकारी दिनुभयो ।

पार्टीका जिल्ला सहइन्चार्ज तुमको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्