
विद्युत सर्ट भएर आगो लाग्दा तीन लाखको क्षती
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ माँझगाउँको एक घरमा आगलागी भएको छ । बिहीवार दिउँसो बिद्युत सट भएर स्थानीय प्रदिप श्रेष्ठको घरमा आगलागी भएको हो ।
आगलागीबाट श्रेष्ठको घरको एउटा कोठाको पलङ, लत्ता कपडा लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । करिव तीन लाख रकम बराबरको क्षति पुगेको अनुमान छ ।




