| सोमवार, कार्तिक २३, २०८३

सहकारीको कार्यालय फोडेर पाँच लाख चोरी

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ९ विर्दीबजारमा रहेको मिरकोट बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट पाँच लाख १८ हजार नगद चोरी भएको छ ।


सहकारीका सदस्यबाट रकम जम्मा गरेर सहकारीले मंगलवार बैठक डाकेर लगानी गर्ने तयारी गरेको थियो । पैसा संकलन गरेर सहकारीको दराजमा राखिएका बेला चोरी भएकाले थाहा पाएका नै चोरीमा संलग्न रहेको आशंका शेयर सदस्यको छ । चोरीको घटनाबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ । सहकारीका पदाधिकारीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर घटनाबारे अनुसन्धान गरिएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्