| आइतवार, कार्तिक २२, २०८३

११ महिनापछि लायन्स आँखा अस्पतालमा ६२ जनाको शल्यक्रिया

कोभिड लगायत बिभिन्न कारणले शल्यक्रिया सेवा रोकिएको लायन्स आँखा अस्पताल गोरखामा ११ महिनापछि पुन शल्यक्रिया सेवा सुरु भएको छ । सोमवार र मंगलवार गरी ६२ जनाको आँखाको शल्यक्रिया गरिएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।


‘अब हरेक महिनाको तेस्रो हप्ता हामीले शल्यक्रिया सेवा दिन्छौँ’ उनले भने । मोतियाबिन्दु भएकाहरुलाई लायन्स क्लव अफ गोरखाले सहुलियतमा शल्यक्रिया सेवा दिँदै आएको छ । पोखरा चितवन गएर मोतियाबिन्दुको शल्यक्रिया गर्दा १० देखि १५ हजार रुपैयाँ खर्च लाग्छ । गोरखा सदरमुकाममा चार हजार रुपैयाँ चिकित्सक शुल्क लिएर लायन्स क्लव अफ गोरखाले सेवा दिएको अध्यक्ष श्रेष्ठले बताए ।


आँखा जाँच सेवा भने लायन्स आँखा अस्पतालबाट नियमित चलिरहेको छ । यसअघि बिभिन्न समयमा आँखा जाँच गराउन आएका, शिविरहरुमा मोतियाबिन्दु पहिचान भएकाहरुको अहिले शल्यक्रिया गरिएको हो । ‘आर्थिक अवस्था कमजोर भएकाहरु शल्यक्रिया नगराई बसेकाले हामीले सेवा दिएका हौँ’ अध्यक्ष श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्