| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाको अगुवाईमा तीन दिवसीय पृथ्वीजयन्ती मनाइने

पुस २६, २७ र २८ गते तीन दिवसीय बिभिन्न कार्यक्रम गरी गोरखा नगरपालिकाको अगुवाईमा २९९ औँ पृथ्वी जयन्ती मनाईने भएको छ ।

नगरपालिकामा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले २७ गते झाँकी, ¥यालीसहित बजार परिक्रमा गरेर गोरखा संग्रहाहालयस्थित पृथ्वीनारायण शाहको शालिक भएको ठाउँमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बिभिन्न जातजातिको भेषभुषा, संस्कृति झल्कने बाजागाजा, पोशाकमा नगरपालिकाको बिभिन्न वडाबाट सर्वसाधारणलाई आमन्त्रण गरी पृथ्वीजयन्ती कार्यक्रम मनाइने नगरप्रमुख राजनराज पन्तले बताए ।
‘बिभिन्न क्रियाशील संघ संस्थासँगको समन्वयमा तीन दिने कार्यक्रम गर्न लागिएको हो’, उनले भने ‘पृथ्वी नारायण शाह र गोरखा बीचको इतिहास जोगाउन, संरक्षण गर्न, प्रचार प्रसार गर्न दिबसको रुपमा हामीले गत वर्षदेखि मनाउँदै आएका छौँ ।’ गोरखा नगरपालिकाले गत वर्ष पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन सुरु गरेको छ ।
दिबसको अवसरमा २६ गते नगरपालिका र टोल बिकास संस्थाको अगुवाईमा नगर क्षेत्र सरसफाई गर्ने निर्णय भएको छ । २७ गते बिहान दौड प्रतियोगिता गर्ने, झाँकी, ¥याली सहित संग्रहालयमा दिउँसोको औपचारिक कार्यक्रम हुनेछ भने साँझ दीपप्रज्वलन कार्यक्रम गर्ने निर्णय भएको नगरपालिका बातावरण शाखाका अधिकृत धु्रब घिमिरेले बताए ।

उक्त दिन घर, कार्यालयमा दिप प्रज्वलन गर्न पनि नगरपालिकाले आह्वान गरेको छ ।
२८ गते कक्षा ११ र १२ स्तरीय ‘नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान’ विषयक बक्तृत्वकला प्रतियोगिता संचालन हुनेछ ।

कार्यक्रममा उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, लियो क्लव अफ गोरखा, गोरखा जेसिज, दरौँदी यातायात सेवा प्राली, गोरखा मनकामना यातायात सेवा प्रालि, पत्रकार महासंघ गोरखा लगायत संघ संस्थासँग सहकार्य रहने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्