| सोमवार, कार्तिक २३, २०८३

सांसद दवाडीद्वारा कालिका गुठीलाई भाँडाकुँडा र होलिका मन्दिर निर्माण गर्न आर्थिक सहयोग

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रभित्रको एक नेवारी गुठीलाई अत्यावश्यक भाँडाकुँडा र निर्माणाधीन होलिका मन्दिरका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।


सिरानचोक गाउँपालिका वडा नं. ६, महटारको कालिकादेवी नेवार गुठीलाई गाउँमा बिहेबटुल, पूजाआजा तथा विभिन्न सामुहिक कार्यमा भोजभतेर गर्न आवश्यक पर्ने भाँडाकुँडा प्रदान गरेका हुन् । ‘हामीले गुठीका लागि पहिल्यैदेखि भाँडाकुँडा माग गरेका थियौँ’ सो गुठी संरक्षण समाजका अध्यक्ष अर्जुनबहादुर श्रेष्ठले भने, ‘आज(सोमबार) समाजको बीसौँ बार्षिकोत्सव समारोहमा आएर सांसद दवाडीले भाँडाकुँडा दिनुभयो ।’ अब गाउँमा बिहेबटुलहरुमा भाँडाकुँडाको अभाव नहुने भन्दै श्रेष्ठले खुशी व्यक्त गरे ।


सो समारोहमा सांसद दवाडी, गाउँपालिकाकी उपप्रमुख रीता देवकोटा र वडाअध्यक्ष नारायण दानीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


त्यस्तै सांसद दवाडीले जरेबरको प्राचीन चौताराको छेउमा नवनिर्मित होलिका मन्दिरको निर्माण कार्य सम्पन्न गर्न आर्थिक सहायता गरेका छन् । मन्दिर निर्माण कार्य सम्पन्न गर्न सांसद दवाडीले ३० हजार रुपैयाँ प्रदान गरेका वडाअध्यक्ष नारायण दानीले जानकारी दिए ।


स्थानीय चन्द्रकुमारी बस्नेतलाई सो रकमको चेक हस्तान्तरण गरेका अध्यक्ष दानीले बताए ।

प्रतिक्रिया दिनुहोस्