
सातबुँदे लिगलिगकोट घोषणापत्र जारी गर्दै पत्रकार महासंघको साधारण सभा सम्पन्न
नेपाल पत्रकार महासंघ गोरखा शाखाको १० औँ साधारणसभा शनिवार पालुङटार नगरपालिकाको ऐतिहासिक स्थल लिगलिगकोटमा सम्पन्न भएको छ । सातबुँदे घोषणा पत्र जारी गर्दै साधारण सभा सम्पन्न भएको पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले बताए ।
साधारण सभाले लिगलिगकोटको ऐतिहासिक तथा पुरातात्विक दबारको संरक्षण, जीणर्ोद्वार, प्रचार प्रसारका साथै समग्र बिकासका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निणर्य गरेको छ । पालुङटार नगरको बिकास, बिमानस्थल पुन संचालन, मध्य पहाडी लोकमार्ग द्रुत गतीमा निमाणर् गर्न घोषणा पत्र मार्फत माग गरेको छ । गोरखाका स्थानीय तहसँगको समन्वय र सहकार्य गर्ने, जिल्ला शाखाको सदस्यता सुद्धिकरण अभियानलाई निरन्तरता दिने, लोकतन्त्र सवंर्दनमा संकट उत्पन्न हुन सक्ने अवस्था देखिएकाले सर्वपक्षीय ढंगले समस्या समाधानका लागि सभारण सभाले जोडदार माग गरेको छ । प्रेस स्वतन्त्रतालाई थप सुदृढ बनाउन संघ प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार हुन पनि आग्रह गरिएको छ ।
पत्रकार महासंघ गोरखाकाका अध्यक्ष किशोरजंग थापाको अध्यक्षता र केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बोल्दै अध्यक्ष आचार्यले पत्रकार महासंघको अधिवेशन फागुन महिनाभित्र सम्पन्न हुने बताए । अहिले देशमा संवैधानिक संकटको अवस्था देखिएकाले पत्रकार महासंघले बिरोध गरेको बताउँदै उनले पत्रकारको काम लोकतन्त्र र विधिको शासनको पक्षमा वकालत गर्ने पनि रहेको बताए । साथै उनले ‘देशभरबाट पत्रकारको सदस्यता शुद्धिकरण गरेर छ हजार सदस्यता घटाएका छौँ । यो अभियान निरन्तर चलिरहन्छ’ भने ।
पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले संचार माध्यम जनताको सहज पहुँच सम्म पुग्नुपर्ने बताए । ‘के समाचार आएको छ, लेखेको छ भने खोजेर पढ्ने अवस्था हुनुपर्छ’, उनले भने ‘विषयबस्तुमा विषेश ध्यान पुग्नुपर्छ, दिनुपर्छ ।’ स्थानीय सरकारसँगको सहकार्यमा धेरै नयाँ काम संचार क्षेत्रले गर्न सक्ने बताए । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले अनलाईन पोर्टलहरुमा निग्रानी नगर्दा पत्रकारिता क्षेत्र बद्नाम हुने खतरा बढेको बताए । ‘अनलाईन दर्ता गरेर आफुलाई मन नपरेको मान्छे, तथा संस्थालाई तथ्यहीन र गलत समाचार प्रकाशन गरी खुइल्याउने परिपाटीको पत्रकार महासंघले अन्त्य गर्नुपर्छ’ उनले भने । संचार मन्त्रालयलाई सोही अनुसारको नीति नियम बनाउनमा पत्रकार महासंघ केन्द्रले सघाउनुपर्नेमा उनले जोड दिए ।
पालुङटार नगरपालिकाका नगरप्रमुख दीपकबाबु कँडेलले संचार क्षेत्र सँग समन्वय गरेर स्थानीय सरकारले काम गर्न चाहेको बताए । ‘नराम्रो कुरा छ भने सुझाब दिनुहोस्, राम्रा कुरा तथा कामको पनि प्रचार प्रसार गरिदिनुहोस् ।’ संचार माध्यमलाई सदरमुकाम मात्र केन्द्रित नहुन र दुर दराजका विषयलाई पनि निरन्तर ‘फलोअप’ गरिदिन उनले सुझाए ।
पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले लोकतन्त्र र समाज बिकासको पक्षमा निरन्तर कलम चलाउँदै आएकाले पत्रकारहरु आफ्नो कर्तव्यबाट कत्तिपनि बिचलित नहुन अनुरोध गरे । साथै उनले आगामी दिनमा पत्रकार महासंघले पत्रकारको हकहित र सुरक्षाका लागि सँधै ध्यान दिने बताए ।
साधारण सभामा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, पालुङटार नगरपालिकाका उपप्रमुख पम्फा बसेल, पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य कैलाशबाबु श्रेष्ठ, पूर्व अध्यक्ष एवं यस वर्षको तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत ब्यक्ति भीमलाल श्रेष्ठ, पुरस्कार छनौट समितिका सदस्य स्थानेश्वर दुवाडी, लिगलिगकोट बिकास अभियानका अध्यक्ष पूणर्बहादुर राना, लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष संजीब राना मगर लगायतले धारणा राखेका थिए ।




