
फागुन ७ गते लिगलिगे साईकल दौड हुने
प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको थप प्रचारप्रसार गर्ने उद्देश्यले साईकल टे्रलल निर्माण गर्न फागुन ७ गते ‘लिगलिगे साईकल दौड’ हुने भएको छ । लिगलिग भिलेज स्पोटर्सले नेपाल टुरिजम बोर्ड र पालुङटार नगरपालिकाको सहयोगमा ५५ किलोमिटर साईकल दौड गर्न लागेको हो ।
खुल्ला साइकल दौडमा पहिलो दोस्रो तेस्रोदेखि दशौँसम्म हुनेलाई क्रमसः २५ हजार, २०, १५, १०, पाँचहजार, दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय, तीन जनालाई प्रदान गरिने लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजिव राना मगरले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
महिलातर्फ पनि सोही अनुसार १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । गण्डकी प्रदेशतर्फको प्रतियोगितामा पहिलोदेखि तेस्रो हुनेलाई नगद पाँच हजार, तीन हजार र दुई हजार पाँच सय प्रदान गरिने छ । यो बिधा पनि महिला र पुरुषका छुट्टाछुट्टै छन् ।
पालुङटार नगरपालिका भित्रका स्थानीय महिला पुरुषका लागि छुट्टाछुट्टै बिजेता घोषाण गरिनेछ । दुई हजार पाँच सय, दुई हजार र एक हजार पुरस्कार प्रदान गरिने अध्यक्ष राना मगरले बताए ।
राजिष्टूेशनका लागि नेपालीले एक हजार पाँच सय, सार्क मुलुक भित्रकाले पाँच हजार र अन्य बिदेशीले १० हजार रुपैयाँ तिर्नुपर्छ । सहभागीलाई दुई रात बसोवासको ब्यवस्था गरिएको लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजीब रानामगरले बताए । लिगलिगे साईकल दौडको फेसबुक पेजबाट अनलाई फर्म भर्न र ईसेवाबाट पनि रजिष्टूेशन गर्न सकिनेछ ।
खुल्ला रुपमा गर्न लागिएको उक्त प्रतियोगिताका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । पर्यटन बोर्डले १० लाख, पालुङटार नगरपालिकाले पाँच लाख सहयोग गरेका छन् भने बाँकी १५ लाग्न जुटाउन बाँकी रहेको उनले बताए ।
लिगलिगकोटबाट सुरु हुने साइकल दौड प्रतियोगिता आँपपिपल, हर्मी भञ्ज्याङ, थापा गाउँ, आँपपिपल हस्पिटल, सिर्दिखोला, भण्डारथोक हुँदै लमजुङको रागिनास नगरपालिका ७ स्थित गरमबेशी, चेपे दोभान हुँदै पालुङटार एयरपोर्ट आइपुग्नेछ । त्यहाँबाट ताल पोखरी, ठाँटीपोखरी, लुईटेल हुँदै सभाचौतारोबाट लिगलिगकोट पुग्ने गरी रुट तय गरिएको छ ।
‘पालुङटार र लिगलिगकोटको प्रचार प्रसार गर्नका लागि साईकल दौड राखिएको हो’, लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष राना मगरले भने, ‘एकदिन हामीले कार्यक्रम आयोजना गरेर वर्षभरि साईकलयात्री यहाँ आउन र यहाँको आर्थिक गतिविधि बढोस् भन्ने चाहना हो ।’ प्रतियोगितापछि बिभिन्न समुहमा आउनेलाई सशुल्क साईकल रेस गराउने गरी टूेल पहिचान गरिने उनले बताए ।
चेपे दोभानदेखि लिगलिगकोटसम्म दौडेर राजा हुने परम्परा रहेको त्यहाँ साईकल रेस प्रतियोगिताले पालुङटारको पहिचान अझै बढ्ने नगरप्रमुख दिपकबाबु कँडेलले बताए । नेपालमा प्रख्यात र ब्यवशायिक रुपमा साईकल रेस गर्ने खेलाडीहरु आउने भएकाले पालुङटारको प्रचारसँगै दीर्घकालीन रुपमा स्थानीयको आयस्रोतमा सकारात्मक प्रभाव पर्ने उनले बताए । अहिले लिगलिगकोटमा दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
शहरी क्षेत्रमा साईकल रेसलाई शरीरिक तन्दुरुस्तीको माध्यमको रुपमा लिने गरिएकाले उक्त टूेलले रेस गर्ने चाहना भएकालाई आकर्षित गर्न सक्ने स्थानीय बताउँछन् ।




