
बालमन्दिरका अनाथलाई आर्थिक सहयोग प्रदान
अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली युवाहरुले गोरखाको बालमन्दिर माविमा रहेको अनाथ आश्रममा बस्ने बालबालिकाहरुलाई आर्थिक सहायता गरेका छन् ।
मुकुन्द तिमिल्सिना र सुशान्त चौलागाईँको अगुवामा संकलित ३९ हजार छसय रुपयाँ शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा बीच निवर्तमान प्रधानाध्यापक लुमनाथ लामिछानेले प्रधानाध्यापक शिव थापालाई हस्तान्तरण गरेका हुन् ।
तिहार खर्चबाट केही रकम कटाएर संकलन भएको रकम प्रदान गरिएको प्रमोद बञ्जराले जानकारी दिए । युवाहरुले एक संस्था गठन गरी नियमित रुपमा अनाथ बालबालिकालाई सहयोग गर्ने योजना बनाएका वञ्जराले बताए ।




